पुलिसले जित्यो जय ट्रफीको उपाधि
काठमाडाैं | माघ ३, २०८१
काठमाडौं: विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए ।
दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो । नौ विकेटको क्षतिमा एक सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो ।
थप सात रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले एकसय दुई रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे । सागर ढकाल छ रनमा नटआउट रहे ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५, दिलीप नाथ ३४, राशिद खान १८, ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । त्यसबाहेक पुलिसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीका बसिर र साहब आलमले समान पाँच÷पाँच विकेट लिए । पहिलो इनिङमा पुलिसले नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले एक सय ७० रन बनाएको थियो । आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । उनले ५५ बलमा छ चौका र तीन छक्का प्रहार गरेका थिए । बसिरले ४०, सोमपालले ३२ तथा कप्तान विनोदले १४ रन बनाए ।
पुलिसका लागि सागरले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । कुशल भुर्तेलले तीन तथा ललित र गुलशन झाले समान एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए । अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका छन् ।
आर्मीका साहब आलमले सात, सोमपाल र बसिर अहमदले समान एक विकेट लिएका थिए ।
पोखरा: होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रमम...
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...

